Listen LIVE

कैलाली : धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव फेला परेको छ।

Advertisement 1

 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१० का अन्दाजी ३० वर्षीय देवल चौधरी र ३२ वर्षीय कैदा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Advertisement 2

 

प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले पासो लागेको अवस्थामा झुण्डिएको थियो भने करिब १५ मिटर टाढा रानाको शव भुइँमा फेला परेको थियो।

Advertisement 3

 

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का तयार गरी शव उठाएर पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!