काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् । पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले नेपालगञ्ज पोष्ट लाई बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् । Post navigation खजुरा गाउँपालिकामा अव्यवस्थित तार हटाउन विशेष अभियान सुरु बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था गम्भीर, अस्पतालमा NICU मा उपचार जारी