Listen LIVE

अछाम : अछामकी १२ वर्षीया एक बालिकामाथि भारतको सुरतमा बलात्कार भएको घटना ढिला गरी सार्वजनिक भएको छ।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६ वर्षीय पुरुषले ती बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ।

Advertisement 2

 

पीडितका आमाबुवा पाँच वर्षदेखि रोजगारीका लागि भारतको सुरतमा बस्दै आएका थिए। उनीहरूसँगै बालिका पनि गएकी थिइन्। साउन २६ गते दिउँसो आमाबुवा काममा गएको मौका छोपी ती पुरुषले घरमा एक्लै रहेकी बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।

Advertisement 3

 

५-६ महिनाअघि परिवार नेपाल फर्किएपछि बालिकाको पेट बढ्दै गएपछि मात्र स्वास्थ्य परीक्षण गराइएको थियो। जाँचका क्रममा बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको पुष्टि भएपछि घटना सार्वजनिक भएको हो।

 

४ फागुनमा पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय, अछाममा जाहेरी दिएका छन्। आरोपीको नाम गोप्य राखिएको छ र उनी हाल भारतमै रहेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी अछाम ल्याउन भारतीय प्रहरीसँग समन्वय भइरहेको जनाइएको छ।

 

हाल पीडित बालिका कैलालीको धनगढीमा उपचाररत छिन्। प्रहरी र अधिकारकर्मीहरूले आवश्यक स्वास्थ्य सेवा र कानुनी सहायता प्रदान गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!