ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केवलकार’ अभियानले स्थिति तनावग्रस्त बनाएको छ। आन्दोलनकारीहरूले मलास जुलुससहित प्रदर्शन गर्दै चर्का नाराबाजी गरेका बेला सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो। शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले बलिरहेको राँको नियन्त्रणमा लिन खोजेपछि स्थिति थप जटिल बनेको थियो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, आन्दोलनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरहरूमा समेत राँको फ्याँक्ने जस्तो अमानवीय गतिविधि गरेका छन्। झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन्। यद्यपि, ठूलो आगलागीको सम्भावना रहे पनि स्थानीय प्रशासनले समयमै नियन्त्रण लिएर ठूलो क्षति हुनबाट जोगाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको बताएका छन्। हाल सुरक्षा निकायहरूले अवस्था नियन्त्रणमा लिएको र बजारमा स्थिति सामान्य रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ। Post navigation नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारी तिब्र चितवनमा मोटरसाइकल दुर्घटनामा बेपत्ता युवकको शव नौ दिनपछि फेला