Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज, बाँके – चर्चित नेपाली डान्सर, मोडल तथा सामाजिक कार्यकर्ता आरुसी मगर हाल बेलायत (यूके) पुगेकी छिन्। पछिल्ला वर्षहरूमा देश–विदेशमा आफ्नो नृत्य र प्रस्तुतीले चर्चामा रहेकी आरुसी मगर यसपटक फरक कारणले बेलायत पुगेकी हुन्।

Advertisement 1

 

उनकी आमा करिब तीन महिनादेखि क्यान्सर रोगसँग लडिरहनुभएको छ। यही पारिवारिक पीडा र मानसिक तनावका बीच पनि आरुसी मगर माया, आशा र सहयोगको अपेक्षा बोकेर बेलायत पुगेकी हुन्।

Advertisement 2

बेलायत पुगेपछि उनले सामाजिक सञ्जालमार्फत आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै लेखेकी छिन्, “आमाको उपचारको क्रम जारी छ। धेरै गाह्रो समय हो तर म यहाँ भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूको साथ र प्रार्थनामा सकारात्मक ऊर्जा देख्छु।”

Advertisement 3

आरुसी मगरले आमालाई नेपालमै उपचारमा राखेर बेलायत गएकी हुन्। आमालाई छोडेर जानु आफूलाई निकै गाह्रो लागेको बताउँदै उनले आमाको स्वास्थ्य चाँडै सुधार हुनेमा विश्वास व्यक्त गरेकी छिन्।

 

आरुसी मगरले बेलायतमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने तयारी गरिरहेकी छन्। नेपालमा हुँदा देशभरका मेला, महोत्सवहरूमा उनी व्यस्त रहन्थिन्। उनले हालसम्म आधा दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुती दिइसकेकी छन्।

 

प्रकाश सपुत, आकाश श्रेष्ठ, पल शाहजस्ता नेपाली चर्चित कलाकारहरूसँग सहकार्य गरिसकेकी आरुसी मगर नृत्य, मोडलिङ र सामाजिक कार्यहरूमा उत्तिकै सक्रिय रहिएकी छिन्।

 

बेलायतमा रहेका साथीभाइ, आयोजकहरू र शुभचिन्तकहरूसँग सम्पर्क राख्न उनले आफ्नो यूके मोबाइल नम्बर (+44 7424 906307) सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न पनि अनुरोध गरेकी छिन्।

 

आरुसी मगरको स्थायी घर बाँके जिल्लाको नेपालगञ्ज नजिकैको खजुरा क्षेत्रमा पर्छ। उनले धेरै समयदेखि नेपाली कला क्षेत्रमा योगदान दिँदै आएकी छिन्।

 

उनको यो यात्रा व्यक्तिगत दुःखसँग जुद्दै पनि आफ्नो कर्म र कर्तव्यप्रति समर्पित रहेकी एक संघर्षशील नेपाली महिलाको कथा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!