Listen LIVE

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लुम्बिनी लायन्सले अन्तिम खेल खेल्दैछ।

Advertisement 1

त्रिवि मैदानमा शनिबार बिहान ९ बजे लुम्बिनीले कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनी एक खेलअघि नै लिगबाट बाहिरीसकेको थियो।

कर्णाली याक्सका लागि भने आजको खेल महत्त्वपूर्ण छ। प्लेअफ पुग्ने प्रतिस्पर्धामा बलियो बन्नका लागि कर्णालीले आजको खेल जित्नुपर्नेछ। कर्णाली अंक तालिकाको चौथो स्थानमा छ।

Advertisement 2

आठमध्ये चार टिम प्लेअफमा पुग्छन्। जनकपुर बोल्ट्स एक खेल बाँकी छँदै प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा चितवन राइनोज् छ। चितवनले आजै विराटनगर किंग्ससँग खेल्दैछ। पाँचमध्ये तीन खेल जितेको चितवनको ६ अंक छ। विराटनगर पाँचमध्ये एक खेल मात्रै जितेर पुछारमा छ।

Advertisement 3

Ncell

 

विराटनगरले अन्तिम खेल काठमाडौंसँग, चितवनले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग खेल्नेछ।

विराटनगरमा सन्दीप लामिछाने, काठमाडौंमा करण केसी,चितवनमा कुशल मल्ल र लुम्बिनीमा रोहित पौडेल मार्की खेलाडी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!