Listen LIVE

नेपालगन्ज : बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई पक्राउ गरिएको छ ।

Advertisement 1

 

मटेहियादेखि नरैनापुर जाने मोडमा आज करीब ५ बजेतिर जबरजस्ती करणी भएको र करणीबाट किशोरीको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरे लगत्तै भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टोपेन्द्र बुढामगरको नेतृत्वमा घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पताल पठाएको जिल्ला प्रहरी कायर्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश भुसालले बताए । करणी जग बहादुर तेलि फरार भएका भनिएका तेलीलाई नरैनापुरबाटै पक्राउ गरिएको पनि भुसालले जानकारी दिए ।

Advertisement 2

 

रक्तश्राव भएको बिशोरीको भेरी अस्पतालमा उपचार भइरहेको जनाउँदै तेलीमाथि जबर्जस्ती करणी अभियोगमा अनुसनधान थालिएको प्रहरीले जनाएको छ।

Advertisement 3

 

बलात्कृत किशोरी नाबालक १५ वर्ष भएको स्थानीयले बताएपनि पक्राउ परेका तेलीलले महिलाको उमेर २० वर्ष बताएको प्रहरी स्रोतले दाबी गरेको छ । जाहेरीका साथ आउने कागजातबाट महिलाको उमेर पुष्टी हुने प्रहरी निरीक्षक भुसालले नेपालगञ्ज पोष्ट लाई बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!