Listen LIVE

नेपालगञ्ज : छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा चर्चित हास्य अभिनेता मनोज गजुरेल प्रवेश गरेका छन्। शो टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो।

Advertisement 1

मनोज गजुरेललाई ‘कमेडी दरबार’ मा महाराजाको भूमिकामा ल्याइएको छ। यसअघि यो भूमिका निभाइरहेका अभिनेता विजय बराल अब केवल आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। दर्शकहरूले २७ औं एपिसोडबाट मनोजलाई शोमा हेर्न पाउनेछन्।

Advertisement 2

 

यसैबीच, शोको होस्ट परिवर्तन गरिएको छ। पूर्व मिस नेपाल नम्रता श्रेष्ठको स्थानमा अब शोका निर्देशक विक्की अगरवाल स्वयंमले सजिना खनालसँग मिलेर होस्ट गर्नेछन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्।

Advertisement 3

 

शोको निर्देशन विक्की अगरवाल र श्रद्धा प्रसाईले गर्दै आएका छन्। महारानीको भूमिकामा अनुभवी अभिनेत्री गौरी मल्ल प्रस्तुत भइरहेकी छिन्। शोमा विभिन्न कलाकारहरूको आकर्षक प्रस्तुति रहँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!