जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा माघ महिनामा ६१ फरार अपराधी पक्राउ, ट्राफिक कारबाहीबाट २५ लाख राजस्व संकलन

नेपालगंज – जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभरि विभिन्न आपराधिक गतिविधिमा संलग्न ६१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २५ वर्ष ९ महिना २१ दिन कैद तथा २० लाख ६ हजार ७२७ रुपैयाँ जरिवाना असूल गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू विभिन्न अपराधमा संलग्न रहेका छन्, जसमा

  • नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने ३ जना,
  • विवाहमा युवकलाई कर्तव्य गरी मार्ने ६ जना,
  • टाँगा स्टेशननजिक ईरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने २ जना,
  • वैदेशिक रोजगारीका नाममा जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने १ जना,
  • सवारी दुर्घटना गरी फरार रहेका १ जना रहेका छन्।

 

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ट्राफिक कारबाहीबाट २५ लाखभन्दा बढी राजस्व संकलन

यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २९७ सवारीसाधनलाई कारबाही गर्दै २५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

 

ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई निम्न सन्देश दिएको छ:

  • यात्रा गर्दा आवश्यक कागजात साथमा राख्नुहोस्।
  • ट्राफिक नियमको पालना गरेमा कुनै कारबाहीमा नपर्ने।

 

सुरक्षित यात्रा र शान्ति सुरक्षाका लागि सबै नागरिकले नियमहरूको पालनग र्नुपर्ने प्रहरीको आग्रह छ।

 

error: Content is protected !!