नेपालगञ्ज : प्रतिनिधि सभाको आजको बैठकमा राजासहितको प्रजातन्त्रको माग उठेको छ। राप्रपाका सांसद धवल शमसेर जबराले आकस्मिक समयमा बोल्दै नेपाललाई पुनः धर्म सापेक्ष राष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्थासहितको प्रजातन्त्रमा फर्किनुपर्ने धारणा राखेका छन्।
Advertisement 1
सांसद जबराले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणाको विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै त्यसबारे छानबिन हुनुपर्ने माग गरेका छन्। उनले भने, “जनआन्दोलन १ र २ पछि नेपाललाई किन धर्मनिरपेक्ष बनाइयो भन्ने कुरा खुल्दै गएको छ। यसको दोषी को हुन् छानबिन गर्नुपर्छ।”
Advertisement 2
उनले नेपालमा हिन्दू धर्म मान्ने बहुसंख्यक नागरिक रहेको उल्लेख गर्दै “९४ प्रतिशत ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई धर्म निरपेक्ष बनाउनु कसैलाई स्वीकार्य छैन,” भने। साथै, उनले जनताले चुप लागेर नबस्ने र आवश्यक परे आन्दोलन गर्नुपर्ने चेतावनीसमेत दिए।
Advertisement 3
उनले हालै भारतमा भएको घटनालाई उदाहराण दिँदै नेपाल सरकारले त्यसप्रति चासो नदेखाएको आरोप लगाए। “नेपाल सरकारले यस विषयमा ध्यान दिनुपर्छ, अन्यथा जनताले आन्दोलन गरेर अन्यायको प्रतिवाद गर्नेछन्,” जबराले भने।
संविधान संशोधनको विषय कांग्रेस र एमालेले उठाएपछि विभिन्न दलका सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। यसैक्रममा राप्रपाका सांसद जबराले नेपाललाई पुनः धर्म सापेक्ष नेपाल अधिराज्यमा प्रवेश गराउन आग्रह गरेका हुन्।










प्रतिक्रिया