नेपालगन्ज, फागुन ४ : महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा सञ्चालन हुने भएको छ। नेपालगन्ज उप-महानगरपालिकाको सहकार्यमा आयोजना गरिने प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन्।
Advertisement 1
बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पूर्वी रुकुम, सल्यान लगायतका जिल्लाबाट महिला उद्यमीहरु सहभागी हुने प्रदर्शनीमा करिब ६० वटा स्टल रहनेछन्। ती स्टलमार्फत १ सय ५० भन्दा बढी उद्यमीहरुले आफ्ना उत्पादनको बिक्री तथा प्रचार-प्रसार गर्नेछन्।
Advertisement 2
नवौं संस्करणलाई थप प्रभावकारी बनाउन तीन विशेष कार्यक्रम समेत आयोजना गरिनेछ।
Advertisement 3
- फागुन ७ गते – महिला उद्यमी उत्प्रेरणा कार्यक्रम
(महिला उद्यमीहरूको सम्भावना र चुनौतीबारे सरोकारवालाहरू तथा विज्ञहरूसँग छलफल गरिनेछ।)
- फागुन ८ गते – युवा उद्यमशीलता तथा स्वरोजगार उत्प्रेरणा कार्यक्रम
( युवाहरुलाई उद्यमशीलता र आत्मनिर्भरता अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिनेछ।)
- फागुन ९ गते – सफल महिला उद्यमी अनुभव आदान-प्रदान तथा सम्मान कार्यक्रम
(सफल महिला उद्यमीहरूलाई सम्मान गर्दै उनीहरूको अनुभव बाँड्ने अवसर प्रदान गरिनेछ।)
कार्यक्रम संयोजक रेवती सिंहका अनुसार प्रदर्शनीमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरू प्रवर्द्धन गर्न विशेष स्टलहरू पनि राखिनेछन्। विभिन्न समुदायका महिलाहरूले तयार पारेका स्थानिय परिकारहरू प्रदर्शनीमा बिक्रीका लागि उपलब्ध हुनेछन्।
उक्त प्रदर्शनी महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई बजार विस्तार गर्ने एक महत्वपूर्ण अवसर हुने आयोजकले विश्वास लिएका छन्।










प्रतिक्रिया