नेपालगन्ज, बाँके : नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक खैरो हेरोइनको खरीद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Advertisement 1

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँच गर्न खोज्दा शंकास्पद व्यक्ति सुरक्षाकर्मीमाथि आक्रमण गर्दै भाग्न खोजेका थिए। सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Advertisement 2

पक्राउ पर्नेमा भारतको बहराइच जिल्लाअन्तर्गत रुपैडिया निवासी ३५ वर्षीय इलियास अहमद रहेका छन्। प्रहरीले उनको साथबाट २८० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, हात लगाउने नट एक थान तथा एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
Advertisement 3
उक्त घटना पुस १६ गते राति भएको हो। नेपालगन्ज बजार क्षेत्रमा सक्रिय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले कडा कदम चाल्नुपरेको जनाएको छ।
पक्राउ परेका इलियास अहमदमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।










प्रतिक्रिया