Listen LIVE

नेपालगञ्ज , २०८१ माघ २३ : प्रेस काउन्सिल नेपालले भ्रामक समाचार सम्प्रेषण तथा अतिरञ्जित सामग्री प्रकाशन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अघि बढाएको छ। हालै धरानमा भएको शिशुहत्या घटनालाई उत्तेजक र सनसनीपूर्ण तरिकाले प्रस्तुत गरी समाजमा भय र द्वन्द्व सिर्जना गर्ने च्यानलहरूलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ।

Advertisement 1

धरानमा एक शिशुको हत्या भएपछि विभिन्न युट्युब च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी भ्रामक समाचार सम्प्रेषण गरेका थिए। कतिपय च्यानलहरूले ‘अमला काण्ड ‘ , ‘निर्दयी आमा’, ‘भयानक हत्या’ जस्ता उत्तेजक हेडलाइन राख्दै समाचार सम्प्रेषण गरेका थिए। केही च्यानलहरूले त पीडित परिवार तथा प्रत्यक्षदर्शीको गोपनीयता उल्लंघन गर्दै उनीहरूको व्यक्तिगत विवरणसमेत सार्वजनिक गरेका थिए।

Advertisement 2

 

प्रेस काउन्सिल नेपालका अनुसार यी च्यानलहरूले समाजमा भय तथा उत्तेजना फैलाउने मात्र नभई पत्रकार आचारसंहिता तथा कानुनी प्रावधानको समेत उल्लंघन गरेका छन्।

Advertisement 3

 

पत्रकार आचारसंहिता २०७३ (संशोधित २०७९), प्रेस तथा पत्रिका ऐन २०४८, सूचना प्रविधि ऐन २०७६, नागरिकता ऐन २०६३, र फौजदारी संहिता २०७४ अनुसार यस्तो सामग्री प्रकाशन गर्न निषेध गरिएको छ।

 

काउन्सिलले ती युट्युब च्यानलहरूलाई भ्रामक सामग्री हटाउन निर्देशन दिएको छ। यदि ती च्यानलहरूले दोहोर्‍याएर यस्ता कार्य गरेमा, थप कडा कारबाही गरिने चेतावनी दिइएको छ।

 

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल सञ्चालकहरूलाई सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, गलत तथा अतिरञ्जित समाचार सम्प्रेषण गर्नेलाई दण्डनीय कारबाही गरिने चेतावनी दिँदै समाजमा भ्रम फैलाउने सामग्रीप्रति सचेत रहन सर्वसाधारणलाई समेत अनुरोध गरिएको छ।

 

यसअघि पनि काउन्सिलले यस्ता गतिविधिहरूमा संलग्न युट्युब च्यानलहरूलाई कारबाही गर्दै आएको थियो। भविष्यमा यस्ता भ्रामक समाचार नियन्त्रण गर्न अझ कडा निगरानी गरिने काउन्सिलले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!