Listen LIVE

नेपालगञ्ज :  चर्चित गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छन्। केही महिनाअघि मात्र विवाह गरेका एलिना र विष्णुबीचको सम्बन्ध टुंग्याउन उनले कानुनी प्रक्रिया अघि बढाएको अदालत स्रोतले जनाएको छ।

Advertisement 1

जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार एलिनाले अंशबण्डा वा कुनै अन्य आर्थिक क्षतिपूर्ति माग नगरी सम्बन्धविच्छेद मात्र गर्न चाहेको उल्लेख गरिएको छ। अदालतले उनको निवेदन दर्ता भएको पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Advertisement 2

झापा निवासी एलिना चौहान र बाग्लुङका विष्णु सापकोटाले केही समयअघि प्रेम विवाह गरेका थिए। तर, विवाहको छोटो समयमै उनीहरूबीचको सम्बन्ध टुट्न पुगेको हो। सम्बन्धविच्छेदको कारणबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!