Listen LIVE

जुम्ला, माघ ११ :  जुम्लाको तातोपानी गाउँपालिका–१ निवासी ३० वर्षीया सुत्केरी मुगा शाही र उहाँको नवजात शिशुको मृत्यु भएको छ।

Advertisement 1

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार सुत्केरी मुगा शाहीलाई घरमै बेहोस भएपछि अस्पताल लगिएको थियो। उहाँलाई माघ ३ गते बिहान ११:२४ बजे अस्पताल पुर्‍याइएपछि भेन्टिलेटरमा राखिएको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान ८ बजे उहाँको मृत्यु भएको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहले नेपालगञ्ज पोष्ट लाई बताउनुभयो।

Advertisement 2

 

मृतक शाहीले जन्म दिएको नवजात शिशुको भने माघ ३ गते अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको थियो। परिवारका अनुसार सुत्केरी व्यथा माघ २ गते राति नै लागेको भए पनि समयमा अस्पताल नलगी धामी झाक्रीको भर पर्नाले उपचार ढिला भएको थियो।

Advertisement 3

 

यस घटनाले ग्रामीण क्षेत्रमा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्दा हुने गम्भीर परिणामप्रति सचेत गराएको छ। स्थानीय प्रशासनले यस्तो दुखद घटनालाई न्यून गर्न स्वास्थ्य सचेतनाको आवश्यकता रहेको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!