नेपालगञ्ज : आज फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ ।
Advertisement 1
सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो । प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्ष लामो राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापनासँगै जनताले स्वतन्त्रता र अधिकारको अनुभव गरेका थिए । यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो ।
Advertisement 2
यो दिनले नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र, र अधिकारका लागि गरिएको संघर्षलाई सम्मान गर्दछ । प्रजातन्त्र दिवसले मुलुकमा नागरिकको हक, स्वतन्त्रता, र लोकतान्त्रिक मूल्यको संरक्षण तथा संवर्धनको प्रतीकका रूपमा महत्वपूर्ण स्थान राख्छ ।
Advertisement 3
बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुने छ |










प्रतिक्रिया