जनकपुरधाम, माघ ११ : जनकपुरको मधेश भवन नजिक भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ लक्ष्मिनीया गाउँपालिका निवासी हुन्।
Advertisement 1
प्रहरीका अनुसार आज बिहान कार्यालय जाने क्रममा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएपछि यादव गम्भीर घाइते भएका थिए। मधेश भवन अगाडि भएको दुर्घटनामा यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई मधेश प्रदेशको २(०२(००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जनाइएको छ।
Advertisement 2
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलका चालकसहित दुई जना हाल प्रहरी नियन्त्रणमा रहेका छन्।
Advertisement 3
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया