Listen LIVE

नेपालगञ्ज, साउन ६ : हिन्दू महिलाहरूको प्रमुख चाड तीज नजिकिँदै गर्दा नेपालगञ्ज पोष्टले यस वर्षको तीजलाई अझै विशेष र स्मरणीय बनाउन ‘तीज विशेष फोटो प्रतियोगिता – २०८२’ को आयोजना गरेको छ। “तीजको उमंग, नेपालगञ्ज पोष्ट संग!” भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगितामा देश-विदेशबाट जो कोहीले भाग लिन सक्नेछन्।

Advertisement 1

 

नेपालको मौलिक संस्कृतिको झल्को दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताका लागि सहभागीहरूले मौलिक र सिङ्गल (एक व्यक्तिको मात्र) फोटो पठाउनु पर्नेछ। सेल्फी फोटो भने मान्य नहुने स्पष्ट गरिएको छ।

Advertisement 2

 

प्रतियोगिताका लागि इच्छुकले आफ्नो नाम र ठेगाना (जिल्ला मात्र) उल्लेख गर्दै, फोटो Nepalgunj Post को आधिकारिक WhatsApp नम्बर 9812413163 मा पठाउनु पर्नेछ। साथै, Nepalgunj Post को फेसबुक पेज लाइक गर्नु अनिवार्य रहेको छ।

Advertisement 3

 

सञ्चालक संस्थाका अनुसार फोटोमा प्राप्त लाइक, कमेन्ट र शेयरको आधारमा विजेता घोषणा गरिनेछ। अटो लाइक भने मान्य नहुने जनाइएको छ।

 

प्रतियोगिताका मुख्य म्यादहरु:

  • फोटो पठाउने अन्तिम मिति: भाद्र १० गते राति ९ बजेसम्म
  • लाइक, कमेन्ट र शेयर गन्ने समय: भाद्र ११ गते बिहान ७ बजेसम्म
  • विजेता घोषणा: भाद्र ११ गते

प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद रु १०००, रु ५०० र रु २०० रहनेछ भने सबै विजेताहरूलाई डिजिटल प्रमाणपत्र पनि प्रदान गरिनेछ।

 

नेपालगञ्ज पोष्टले तीजको सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्दै, यस पर्वको रौनकलाई विश्वभर फैलाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरेको जनाएको छ।

 

थप जानकारीका लागि Nepalgunj Post को फेसबुक पेजमा सम्पर्क गर्न सकिनेछ।

 

“तीजको रंगीन झल्को तपाईंको फोटोमार्फत संसारभर पुर्याऔँ!” – नेपालगञ्ज पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!