Listen LIVE

सिराहा । सिराहामा आफ्नो ‘गर्लफ्रेन्ड’सँग नभेटाउँदा एक युवकको हत्या गरिएको खुलासा भएको छ । एक साता अगाडि सिराहाको सुखीपल नगरपालिकामा ‘गर्लफ्रेन्ड’ सँग नभेटाएको निहुँमा आफ्नै केटा साथीको हत्या गरिएको पाइएको सिराहा प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै साथीहरू मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लागुऔषध सेवन गरी पाँच जनाले महराको हत्या गरेको अनुसन्धानबाट खुलेको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।

प्रहरीले महराको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको हो ।

यसरी भएको थियो हत्या

असोज २७ गते नगरपालिकामा दसैँ मेला लागेको थियो । त्यो मेला हेर्न महरासहित सबै साथीहरू गएका थिए । मेला हेर्न गएका सबैले लागु औषधको सेवन गरिसकेका थिए । प्रहरीकाअनुसार उनीहरू सबै जनाले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेका थिए ।

‘त्यहिबेला कृष्ण महराले आफ्नो गर्लफ्रेन्डसँग फोनमा कुरा गरे, मेलामा राती नै बोलाउने समय मिलाए । गर्लफ्रेन्ड आउन लागेको अन्य साथीले जानकारी पाए ।  गर्लफ्रेन्डसँग आफूहरूले पनि रोमान्स गर्न पाउनुपर्ने प्रस्ताव साथीहरूले राखे । तर त्यो कुरा महराले मान्न तयार भएनन् । त्यसपछि विवाद हुन थाल्यो’ प्रहरीको भनाई छ ।

‘यही विवादले उग्ररूप लियो र कृष्ण महराको हत्या भयो,’ प्रहरी प्रवक्ता पासवानले भने । त्यसपछि घटना लुकाउन सबै मिलेर महराको शव नजिकैको गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भए ।

बालुवामा शव गाडेको करिब ५ घण्टापछि आफूहरुले हत्याबारे जानकारी पाएको महेशपुर पतार इलाका प्रहरीका रविनराज मैनालीले बताए ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सुरुमा प्रहरीले  हत्या गर्ने समूहका रोहित महरालाई नियन्त्रणमा लियो । पक्राउ परेका महराले दिएको बयानअनुसार हत्याको रहस्य खुलेको थियो । र अन्य सहयोगीहरू पक्राउ परेका थिए । 

पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!