कोहलपुर : बढ्दो शितलहर र अत्यधिक चिसोका कारण पठनपाठनमा परेको प्रभावलाई मध्यनजर गर्दै बाँकेको कोहलपुर नगरपालिकाले पुन: जाडो बिदा दिने निर्णय गरेको छ।
Advertisement 1
शिक्षा शाखाका अनुसार माघ ११ गते बसेको बैठकको निर्णयअनुसार माघ १३ गतेदेखि १५ गतेसम्म तीन दिनका लागि जाडो बिदा दिने निर्णय गरिएको हो। यसैगरी, माघ १६ गतेदेखि १७ औं पालिका स्तरिय राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएकाले बिदा स्वत: थप हुने बताइएको छ।
Advertisement 2

शिक्षा तथा खेलकुद शाखाले सबै संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्बोधन गर्दै जारी गरेको परिपत्रमा बिदाको समयमा हुने रनिङ शिल्ड प्रतियोगितामा शिक्षक, विद्यार्थी र कर्मचारीलाई अनिवार्य रुपमा सहभागी गराउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









