नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको लामो समयदेखिको माग अनुसार नेपालगञ्ज भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहाको नाकामा सारिएको छ। अब यो गेट बिहान ६ बजेदेखि राति १०:३० बजेसम्म खुला रहनेछ।

असोज २३ गतेदेखि लागू गरिएको यो निर्णयले यात्रुहरूको आवतजावतलाई सहज बनाउने उद्देश्य राखेको छ। नेपालगञ्ज भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूको समन्वयमा यो कार्य सम्पन्न भएको हो।

यो परिवर्तनले व्यापारी र यात्रुहरूको मागलाई सम्बोधन गरेको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ।

 

Leave a Reply

error: Content is protected !!