दाङ – दाङको लमही नगरपालिका वडा नम्बर १ मा सोमबार बिहान मिनी बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। लु १ ज ४२८९ नम्बरको मिनी बस बर्दिया जाँदै गर्दा लमही–कोहलपुर सडकखण्डको च्याउ खोलामा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
Advertisement 1
प्रहरीका अनुसार दुर्घटना बिहान करिब ६ बजे भएको थियो। घटनास्थलमा ६० वर्षीय फुलसी थारु र ४२ वर्षीय तिर्थी थारुको मृत्यु भएको पुष्टि भएको छ। अन्य ७ जनाको परिचय खुलाउने कार्य भइरहेको छ।
Advertisement 2
घटनामा अन्य १२ जना घाइते भएका छन्। घाइतेहरूको नाम यसप्रकार छ:
Advertisement 3
४५ वर्षीय मिथिया थारु
६५ वर्षीय तेहली थारु
७७ वर्षीय दर्शन थारु
४० वर्षीय मंगनी थारु
४९ वर्षीय सरीता थारु
४५ वर्षीय रामसिंह थारु
४५ वर्षीय रामनगर थारु
४५ वर्षीय कुर्मान थारु
४८ वर्षीय जुलुम थारु
३५ वर्षीय सुरेश यादव
घाइतेहरूलाई लमही अस्पतालमा उपचारका लागि पठाइएको छ भने गम्भीर अवस्थामा रहेका बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिने तयारी भइरहेको छ।
दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायाले जानकारी दिएका छन्।
यस घटनाले स्थानीयवासीमा शोकको वातावरण छाएको छ। मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।










प्रतिक्रिया