Listen LIVE

नेपालगञ्ज । बाँकेको जानकी गाउपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतवार साझा जानकी -३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ट्याक्टर दुर्घटनामा परेर नेपालगञ्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । अन्सारी ट्याक्टरमा मजदुरी गर्दै आउनु भएको थियो । घाइते टेक्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement 2

 

नेपालगंज देखि करमोहना तर्फ जाँदै गरेको भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नेपालगञ्ज पोष्ट लाई बताउनु भयो । उहाँका अनुसार ट्याक्टरले सरिया लोड गरेर करमोहना जाने क्रममा अनियन्त्रित हुदाँ दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!