Listen LIVE

इटहरी : इटहरीमा बम राखिएको सूचनासहित इटहरी र पकली प्रहरीमा एकैसाथ म्यासेज आयो । एकैसाथ म्यासेज आएपछि प्रहरीले सावधानी अपनायो । तत्कालै नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर ग¥यो ।

Advertisement 1

 

इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकलीमा एकैसाथ एकै प्रकृतिको म्यासेज आएको प्रहरीको भनाइ छ ।

Advertisement 2

 

इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै बम राखिएको भन्दै परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए ।अहिले ती स्थानमा नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

Advertisement 3

‘अब आन्दोलन सुरू भयो भन्ने किसिमको म्यासेज आएको थियो,’ एक प्रहरी अधिकृतले प्रदेश खबरसँग भने, ‘अरूतिर सहजै भेटिएपनि बूढीखोला नजिकै राखेको बम भने फेला पार्न नसकिने भन्दै प्रहरीमा म्यासेज आएको छ ।’

ती प्रहरीकाअनुसार जसले बमजस्तो देखिने शंकास्पद वस्तु राखे, उनैले प्रहरीलाई खबर गरेको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । इटहरी उपमहानगरअघि राखेको शंकास्पद वस्तु भने कुक्कर रहेको सेनाले जनाएको छ ।

 

उक्त कुक्कर भित्र भने राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा भेटिएको छ । ‘कुक्करभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अर्को ठाउँमा पनि डिस्पोज गर्ने तयारी हुँदैछ ।’

 

बूढीखोलामा भने बोरामा कपडाजस्तो देखिनेगरी राखिएको छ । सेनाले त्यहाँ पनि डिस्पोज गर्ने तयारी गरिरहेको छ । ‘सेनाले त्यहाँको पनि डिस्पोज गर्ने तयारी गरिरहेको छ,’ घटनास्थलमा भेटिएका ती प्रहरी अधिकृतले भने, ‘बूढीखोलाको बम भने भेट्दैनौ भनेर प्रहरीलाई म्यासेज आएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।’

 

प्रहरीले अहिले विभिन्न कोणबाट अनुसन्धानसमेत सुरू गरेको छ । सीसी क्यामेराको फुटेज हेरेर पनि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!