Listen LIVE

थाइल्यान्ड । थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनीहरूको जङ्गलले ढाकिएको सीमामा रक्तपातपूर्ण लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको छ ।

Advertisement 1

 

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्षले आठ सय किलोमिटर ९पाँच सय माइल० लामो सीमानामा रहेका विवादित क्षेत्रका प्राचीन मन्दिरहरूको विषयमा भएको लडाइँ अन्त्य गर्न मध्यरातबाट बिना शर्त युद्धविराम सुरु गर्ने सहमति गरेका थिए ।

Advertisement 2

 

“सम्झौता लागु हुँदा थाई पक्षले कम्बोडियाली सेनामाथि थाई क्षेत्रभित्रका धेरै क्षेत्रमा सशस्त्र आक्रमण गरेको पत्ता लगाएको थियो”, थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीले एक विज्ञप्तिमा भन्नुभयो, “यो सम्झौताको जानाजानी उल्लङ्घन र आपसी विश्वासलाई कमजोर पार्ने स्पष्ट प्रयास हो, थाइल्यान्ड आत्मरक्षाको आफ्नो वैध अधिकार प्रयोग गर्दै उचित प्रतिक्रिया दिन बाध्य छ ।”

Advertisement 3

 

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले कुनै पनि क्षेत्रमा एकअर्काविरुद्ध कुनै सशस्त्र झडप नभएको दाबी गर्नुभयो ।

 

यद्यपि दुवै पक्षले युद्धविराम सम्झौताको भागका रूपमा सीमामा विपक्षी क्षेत्रीय कमान्डरहरूबीच बिहान तोकिएका बैठकहरू सुरु भएका वा सुरु हुन बाँकी रहेको बताए ।

 

“मैले दुई नेताले हात मिलाउँदै गरेको तस्बिर देखेँ”, सीमाबाट ५० किलोमिटर टाढा रहेको थाई सहर सुरिनका ३२ वर्षीय फार्मेसी कामदार किटिसाक सुकविलाईले भन्नुभयो, “म केवल आशा गर्छु कि यो नक्कली मुस्कानसहितको फोटो खिचाउने मात्र नहोस् – र ती हातहरूले वास्तवमा एकअर्कालाई पछाडिबाट छुरा हान्ने तयारी नगरिरहेका होऊन् ।”

 

सीमाबाट २० किलोमिटर टाढा रहेको कम्बोडियाको सामराओङ सहरमा एएफपीका एक पत्रकारले मध्यरातसम्म ३० मिनेटअघिदेखि विस्फोटको आवाज रोकिएपछि मध्य बिहानसम्म शान्ति कायम रहेको बताए ।

 

“मध्यरात १२ बजेको युद्धविरामपछि अग्रपङ्क्तिमा शान्ति आएको छ”, कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले मङ्गलबार बिहान फेसबुकमा सन्देशमा भन्नुभयो ।

 

असल नियत

जेट, रकेट र तोपखानाले गत बिहीबारदेखि कम्तीमा ३८ जनाको ज्यान लिएको छ र लगभग तीन लाख मानिसलाई विस्थापित गरेको छ । जसले गर्दा सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप आवश्यक परेको थियो ।

 

सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवैले दावी गरेको इलाकामा सन् २००८–२०११ देखि छिटपुट हिंसा भड्किएपछि यो भड्काउ सबैभन्दा घातक थियो ।

 

“जब मैले समाचार सुनेँ म धेरै खुसी भएँ किनकि मैले मेरो घर र मैले छोडेको मेरा सामानहरू सम्झेँ”, फेन नेथले सोमबार साँझ लडाइँबाट टाढा रहेको मन्दिर स्थलमा कम्बोडियाली विस्थापितहरूको विशाल शिविरमा भन्नुभयो, “म यति खुसी छु कि वर्णन गर्न सक्दिनँ ।”

 

दुवै देशका साथै शान्ति वार्ताको आयोजना गर्ने मलेसियाको संयुक्त वक्तव्यले युद्धविराम ‘तनाव कम गर्न र शान्ति तथा सुरक्षा पुनःस्थापनाको दिशामा महत्त्वपूर्ण पहिलो कदम हो’ भनेको छ ।

 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले सोमबार साँझ एक वक्तव्यमा भनेका छन्, “महासचिव गुटेरेसले दुवै देशलाई सम्झौताको पूर्ण सम्मान गर्न र दीर्घकालीन मुद्दाहरूलाई सम्बोधन गर्न र स्थायी शान्ति प्राप्त गर्न अनुकूल वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ ।”

 

दुवै पक्षले ट्रम्पको भारी भन्सार शुल्कको खतरालाई रोक्न व्यापार सम्झौताका लागि अनुरोध गरिरहेका छन् र अमेरिकी विदेश मन्त्रालयले आफ्ना अधिकारीहरू शान्ति वार्ताको नेतृत्व गर्न ‘जमिनमा’ रहेको बताएको छ ।

 

मलेसियाका प्रधानमन्त्री तथा आसियान ब्लकका अध्यक्ष अनवर इब्राहिमले आफ्नो देशको प्रशासनिक राजधानी पुत्रजयामा आयोजना गरिएको वार्तामा चीनको पनि ‘सक्रिय सहभागिता’ रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

 

हुन मानेटले ट्रम्पलाई उहाँको ‘निर्णायक’ समर्थनका लागि धन्यवाद दिनुभयो भने उहाँका समकक्षी, थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले भन्नुभयो, “यो दुवै पक्षले सद्भावका साथ गर्नुपर्दछ ।”

 

युद्धविराम पछिका भन्सार सम्झौताहरू

थाई राजा महा भाजिरालोङ्गकोर्नले सोमबार आफ्नो ७३औँ जन्मदिन मनाउनुभयो, तर देशको राजपत्रमा एक सूचनामा बैङ्ककको ग्रान्ड प्यालेसमा हुने उहाँको सार्वजनिक उत्सव द्वन्द्वको बीचमा रद्द गरिएको बताइएको छ ।

 

प्रत्येक पक्ष पहिले नै सैद्धान्तिक रूपमा युद्धविराममा सहमत भइसकेका छन् । यद्यपि अर्कोले शान्ति प्रयासहरूलाई कमजोर पारेको आरोप लगाउँदै र क्लस्टर बमको प्रयोग र अस्पतालहरूलाई निशाना बनाउने बारेमा आरोप–प्रत्यारोप गरिरहेका छन् ।

 

थाइल्यान्डले आफ्ना आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ  सर्वसाधारण र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

 

एक लाख ३८ हजारभन्दा बढी मानिस थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट भागेका छन् भने करिब एक लाख ४० हजार मानिस आफ्ना घरहरूबाट विस्थापित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!