Listen LIVE

रमेश बस्ताकोटी / नवलपुर : सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ। बाटो विस्तारको क्रममा ठाउँठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले बाटोमा हिँड्न निकै कठिनाई भएको हो।

Advertisement 1

 

सयौं यातायातका साधन र यात्रुहरु घण्टौंसम्म जाममा छन्। बिहीबार बिहानैदेखि बाक्लो हुस्सु लागेको र शितलहर चलेका कारण बाटो चिप्लो हुँदा निकै न्यून मात्रामा मात्र यातायातका साधनहरु पार गराउन सकिएको  ट्राफिक प्रहरीले जानकारी दिएको छ। सडक विस्तारका कारण एकतर्फी भएको बाटो शीत र हुस्सुका कारण चिप्लो भएपछि ठूला मालबाहक ट्रकहरु फस्दा बाटो अवरुद्ध बन्ने गरेको हो। null

Advertisement 2

‘दाउन्ने खण्डको खुर्साने खोला लगायतको ठाउँमा बाटो विस्तारको काम भैरहेको छ, ठाउँठाउँमा डाँडा काट्ने काम भैरहेको छ। हुस्सु लागेर शीत परेपछि बाटो चिप्लो भएर गाडीहरू अगाडि बढ्न सकेका छैनन्।’ पश्चिम नवलपरासीका ट्राफिक प्रहरी प्रमुख अमृत भण्डारीले भने।

उनका अनुसार चिप्लोका कारण फसेका साधनलाई निकाल्दै अरु साधन पास गराउने काम भइरहेको छ। ‘बाटो निकै चिप्लो छ, ठूला ट्रकहरू फसिहाल्छन् , बिस्तारै बिस्तारै जाम खुलाउने प्रयास गरिरहेका छौं’ उनले भने।   null

Advertisement 3

सडक अवरुद्ध भएका कारण सवारी साधनहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन्। जसका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!