कपडा च्यातिएको र शरीरका विभिन्न स्थानमा नीलडाम भएकी पीडितको अचेत अवस्थामा उद्धार बलात्कारको आरोपमा एक भारतीयसहित ४ युवक पक्राउ मोरङ — मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ । मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो । उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी ती महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको आफन्त र प्रहरीलाई बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ । कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमि मात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको हो । मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी ती महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । श्रीमान्ले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् । बेलाबखत मजदुरी गर्न जाने भएकाले बिहान अबेरसम्म घर नफर्के पनि ‘छोरी बिहानैदेखि कामतिर गई होला’ भन्ने ठानेर खोजी नगरिएको आमा रेखाले बताइन् । ‘मेरी छोरीलाई नराम्रो काम गर्नेलाई कडा दण्डसजाय दिनुपर्छ,’ उनले भनिन् । प्रहरीले मंगलबार कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको थियो भने बुधबार बिहान थप एक जना पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पीडितको बयानपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । उपचारपछि ती महिलालाई विराटनगरको एक आश्रयस्थलमा राखिएको छ । ‘पीडितले आफ्नो हातखुट्टा बाँधेर जबर्जस्ती गरेको बताएकी छन्, उनको बयान सुन्दा सामूहिक बलात्कार हो,’ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले भने, ‘थप अनुसन्धान भइरहेको छ, यथार्थ चाँडै सार्वजनिक हुन्छ Post navigation विदेशमा पढ्न जाने विद्यार्थीलाई भ्रामक प्रचारप्रति शिक्षा मन्त्रालयको चेतावनी धनगढीमा मोटरसाइकल ठक्करबाट स्वास्थ्य निरीक्षकको मृत्यु