Listen LIVE

सुनिता विष्ट ,मकवानपुर ; मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्।

Advertisement 1

 

शनिबार बिहान करिब ६ बजेको समयमा मानबहादुरले आफ्नी श्रीमती दुर्गाको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीका अनुसार दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्।

Advertisement 2

 दुर्गालक्ष्मीको हत्या भएको ठाउँदुर्गालक्ष्मीको हत्या भएको ठाउँ

सोही तनावमा रहेका मानबहादुरले घरमा कोही नभएको बेला घाँटी थिचेर हत्या गरेका हुन्। घटनापछि उनले आफू पनि झुण्डिएर आत्महत्या गर्न खोजेको तर डोरी चुँडिएपछि प्रहरीमा आएर आत्मसमर्पण गरेको बताएका हुन्।

उनी आज बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आफैं उपस्थित भई श्रीमतीको हत्या गरेको भन्दै आत्मासर्मपण गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। सो पश्चात् तुरुन्त घटनास्थल पुग्दा दुर्गालक्ष्मीको शव ओछ्यानमा उतानो अवस्थामा फेला परेको डीएसपी अर्यालले बताए।

Advertisement 3

 

मानबहादुर मकवानपुरकै भीमफेदी गाउँपालिका-१ स्थित आफ्नै घरमा बस्दै आएका थिए। दुर्गालक्ष्मी भने बिबाह भएको केही वर्षपछिबाटै माइतीमै बस्दै आएकी थिइन्। उनलाई दुई वर्षअघि मात्रै प्यारालाइसिस भएको मकवानपुरगढी गाउँपालिका-५ का वडाध्यक्ष दिपेश दाहालले जानकारी दिए।

 

बेलाबेलामा श्रीमती भेट्न ससुराली आउने गरेका मानबहादुर शुक्रबार (हिजो) मात्रै आएका थिए। बिहानभएपछि दुर्गालक्ष्मीका दाइ दुध लिन डेरी गएका बेला मानबहादुरले श्रीमतीको हत्या गरेको खुलेको वडाध्यक्ष दाहाल बताउँछन्।

 

घरमा कोही नभएका बेला उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेका हुन्। मानबहादुर र दुर्गालक्ष्मीका दुई छोरा छन्। एउटा २० वर्ष र अर्का २२ वर्षका छोराहरु भने कामको सिलसिलामा प्रायः घर बाहिर नै रहने गरेको वडाध्यक्ष दाहालले बताए।

मानबहादुरले आत्महत्या प्रयास गरेको ठाउँमानबहादुरले आत्महत्या प्रयास गरेको ठाउँ

यता, प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वम्भरनाथ साह र ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा टोली परिचालन गरिएको छ।

 

प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। मृतकको शव पोस्टमार्टमका हेटौंडा अस्पताल ल्याइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!