Listen LIVE

भारत : महाराष्ट्रमा बुधबार कोरोनाजस्तो भाइरस एचएमपीभीको तेस्रो संक्रमण फेला परेको छ।

Advertisement 1

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा ६ महिनाकी बालिकामा उक्त भाइरसको संक्रमण देखिएको हो।

ती बालिकालाई जनवरी १ मा गम्भीर खोकी, छाती दुख्ने र अक्सिजनको मात्रा ८४ प्रतिशतमा झरेको देखेर अस्पताल भर्ना गरिएको थियो। यद्यपि अहिले उनी निको भइसकेकी छन्।

Advertisement 2

मुम्बईमा यो भाइरसको पहिलो केस हो। यसअघि मंगलबार महाराष्ट्रका नागपुरमा २  घटना रिपोर्ट गरिएको थियो। यहाँ एक १३ वर्षीया बालिका र ७ वर्षका बालक संक्रमित भेटिए पनि अस्पताल भर्ना गर्नुपरेको छैन। उपचारपछि उनीहरूको अवस्था नियन्त्रणमा छ।

भारतका ४ राज्यमा देखियो एचएमपिभी : ८ जना सङ्क्रमित

Advertisement 3

भारतमा एचएमपीभीको संक्रमितको संख्या ९ पुगेको छ। महाराष्ट्रमा दुईवटा केस फेला परेको एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२, पश्चिम बंगाल र गुजरातमा एक-एक केससहित कूल ६ जनामा ​​भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये अधिकांश बालबालिका छन्।

केन्द्र सरकारले राज्यहरूलाई ‘इन्फ्लुएन्जाजस्तो रोग’ र ‘गम्भीर तीव्र श्वसन समस्या’जस्ता श्वासप्रश्वाससम्बन्धी रोगप्रति निगरानी बढाउन र एचएमपीभीबारे सचेतना फैलाउन निर्देशन दिएको छ।

चार राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो कुनै नयाँ भाइरस नभएको र सरकारले स्थितिमा नजर राखेको बताएका थिए। डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!