Listen LIVE

काठमाडौँ : अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गर्नुभएको छ । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि क्यान्सरको चेतावनी दिन आह्वान गर्नुभएको छ ।

Advertisement 1

अमेरिकामा भएको पछिल्लो अनुसन्धानले रक्सीका कारण घाँटी, कलेजो, अन्ननली, मुख, गला, आन्द्रा र महिलामा स्तन क्यान्सर हुने जोखिम अधिक हुने देखाएको छ । रक्सीकै कारण अमेरिकामा बर्सेनि १० लाख जनामा क्यान्सर देखिने र तीमध्य २० हजार जनाको ज्यान जाने गरेको अध्ययनले देखाएको छ । अमेरिकामा सुर्ती र मोटोपनापछि क्यान्सरको तेस्रो कारण रक्सी देखिएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!