Listen LIVE

नेपालगन्ज पोष्ट : बाँकेमा आज सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा ६३.४६ प्रतिशत मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जनाइएको छ।

Advertisement 1

 

नेपालगञ्ज पोष्टलाई प्राप्त जानकारीअनुसार क्षेत्र नम्बर १ मा ७५ हजार १९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको छ। बाँके जिल्लामा कुल मतदाता संख्या ३ लाख ५० हजार ३ सय ७१ रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

Advertisement 2

 

मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य सकिएको छ। अहिले मतगणनाको तयारी भइरहेको छ।

Advertisement 3

 

क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सम्पन्न भइसकेको छ र केहीबेरमै मतगणना सुरु गर्ने तयारी गरिएको छ। अन्य निर्वाचन क्षेत्रहरूमा पनि सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने तयारी भइरहेको छ। निर्वाचन अधिकारीका अनुसार आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

 

मतगणना क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालयमा गरिने व्यवस्था

गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!