Listen LIVE

काठमाडौँ :आज बसेको शहरी विकास मन्त्रालयमा भएको विज्ञसँगको छलफलमा  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषण कम गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। सिंहले वायु प्रदूषणका कारण जनजीवनमा गम्भीर असर परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई कम गर्न सरकार छिट्टै कदम चाल्ने बताए।

Advertisement 1

 

उहाँले प्रदूषणको मुख्य कारण डढेलो भएको र यस समस्यामा समाधान ल्याउन सरकार काम गर्दै रहेको पनि जानकारी दिनुभयो।

Advertisement 2

 

वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषणको चाप कम गर्न हप्तामा दुई दिन बिदा दिने र सवारी साधनलाई जोरबिजोर गरेर चलाउने जस्ता उपायहरू प्रस्तुत गर्नुभयो। विज्ञहरूले पनि सवारी साधनलाई प्रदूषणको प्रमुख कारण मान्दै, केहिदिन चाप कम गर्ने सुझाव दिएका छन्।

Advertisement 3

वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तरको सुधारका लागि प्रभावकारी योजना बनाउनु पर्नेमा जोड दिए। डढेलो विज्ञ शुन्दर शर्माले भने, वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु आवश्यक भएको बताए।

 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, “सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिने काम गर्न मिल्दैन,” भन्दै समस्या समाधानका लागि सबैलाई मिलेर काम गर्नुपर्ने बताएका छन्।

 

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने निजी सवारी साधनलाई बढी प्रदूषणको कारण ठहराउँदै, यसलाई कम गर्न सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनुपर्ने कुरा उठाए।

 

छलफलमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका अन्य अधिकारीहरू पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!