{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

नेपालगञ्ज : बाँकेको नेपालगन्ज उप-महानगरपालिका, जानकी गाउँपालिका, र खजुरा गाउँपालिका भित्र पर्ने परसपुर-गौघाट सडक खण्ड लामो प्रतीक्षापछि निर्माणले तिब्रता पाएको छ। संघीय सरकारको करिब १४ करोड लगानीमा निर्माण भइरहेको यो सडक चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

 

कन्काई-गणपति जेभीले ठेक्का पाएर सुरुआतमा काममा ढिलाइ गरे पनि स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाको दबाबपछि अहिले निर्माण तीव्र रूपमा अघि बढिरहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) र प्रवक्ता समेत रहेका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीका अनुसार सडक निर्माणमा उल्लेखनीय प्रगति भएको छ।

 

वडा अध्यक्ष ओलीले भने, “हाल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यस्तै हिसाबले काम हुने र मौसमले साथ दिने हो भने चार महिनाभन्दा पहिले नै सडक निर्माण सम्पन्न हुनेछ। हालसम्मको प्रगतिमा हामी सन्तुष्ट छौं।”

 

खजुरा गाउँपालिकाका अध्यक्ष बिकले यो सडक खण्ड खजुरा गाउँपालिकाको ठूलो हिस्सामा पर्ने भएकाले स्थानीयलाई समस्या भैरहेको र त्यसको समाधानका लागि विशेष पहल गरिएको जानकारी दिए। “निर्माणको गति बढ्दा खजुरावासी खुसी छन्,” उनले थपे।

 

निर्माण कम्पनी कन्काई-गणपति जेभीका प्रोजेक्ट म्यानेजर अन्जय कुमार ठाकुरले सडक निर्माणमा देखिएका अवरोध खजुरा गाउँपालिकाको समन्वयमा हटाउँदै काम अघि बढाइएको बताए। उनले आगामी जेष्ठ महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिए।

 

नेपालगन्ज उप-महानगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने यो सडक खण्ड निर्माण तीव्र गतिमा अघि बढेसँगै स्थानीय हर्षित छन्।

 

चार महिनाभित्र यो सडक निर्माण सम्पन्न भएमा बाँके र आसपासका क्षेत्रका जनताले सहज यात्रा र व्यवसायिक फाइदा उठाउने अपेक्षा गरिएको छ।

 

Leave a Reply

error: Content is protected !!