Listen LIVE

बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ ।

भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।

कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ दिन सम्म कार्यक्रम सञ्चालन हुनेछ ।

कार्तिक १ गते बिहीबार देखी स्वास्थ्य चौकी हिरमिनियामा वडाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुनेछ ।

कार्यक्रम नियमित रुपमा कात्तिक १४ गते सम्म सञ्चालन रह्ने किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।

उनका अनुसार कार्यक्रममा बिरामीले सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको छ ।

साथै आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको छ ।

शिविरमा बिहान साढे १० बजे देखि ३ बजे सम्म आँखा जाँच गराउन सकिने संयोजक मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!