बाँके । बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका-१० आदर्शनगरस्थित मानव सेवा नजिक सडकमा रुपैडिया देखि नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति करीब ९:४५ बजे समयमा दुर्घटना हुँदा चालक उपमहानगरपालिका-२ बागेश्वरी टोल नजीक ग्यारेन्टी गाहन को पसलका प्रो- युवा कुशल ब्यापारी ३८ वर्षीय मनिस कुमार श्रीवास्तवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले नेपालगञ्ज खबरलाइ जानकारी दिएको छ। Post navigation सिने रोयल नेपालगन्जमा”ह्रस्व दीर्घ” हाउसफुल , थपियो रात्रिकालीन सो अदालत भन्छ : दुर्गा प्रसाइलाइ ५ दिन थुनामा राख्नुपर्छ