Listen LIVE

दक्षिण कोरिया :  दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब १८१ जना सवार थिए।

Advertisement 1

 

अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार, सामाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ जहाँ धुवाँ निस्किएको देख्न सकिन्छ।

Advertisement 2

 

यस घटनामा कति जनाको ज्यान गएको छ भन्ने यकिन भएको छैन। यद्यपि, समाचार एजेन्सी एएफपीले यस घटनामा करिब २३ जनाको मृत्यु वा घाइते भएको भनेको छ। चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार १७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए।

Advertisement 3

 

समाचार एजेन्सी योनहापका अनुसार, दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ। योनहापले विमानको पछाडि भागबाट यात्रुहरूलाई बाहिर निकालेको भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!