धनगढी : धनगढीमा बिहीबार साँझ २५ वर्षीया शर्मिला थापाले चलाएको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको छ ।
Advertisement 1
कैलाली धनगढी -३ को लक्ष्मी नर्सरी नजिकै भएको दुर्घटनामा मृत्यु भएका बाजुराको बढीमालिका नगरपालिका- ७ का खत्री चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए ।
Advertisement 2
धनगढी ५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए । यो मोटरसाइकललाई डोटीको शिखर नगरपालिका- ११ की शर्मिला थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले जानकारी दिएका छन् ।
Advertisement 3
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका खत्रीको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको हो भने पेट र मुखमा चोट लागेका मोटरसाइकल चालक पुरनको उपचार भइरहेको छ । अर्को मोटरसाइकल चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया