सबैभन्दा बढी आयात हुने भन्सार कार्यालयमा वीरगन्ज, भैरहवा, विराटनगर, त्रिभुवन विमास्थल, रसुवा र नेपालगन्ज रहेका छन् ।
Advertisement 1
नेपालगन्ज – चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा भन्सार कार्यालयबाट वस्तुको आयात र निर्यात भएको भन्सार विभागले जनाएको छ । त्यसमध्ये १० वटा भन्सार कार्यालयबाट निर्यात शून्य रहेको विभागको तथ्यांक छ ।
सबैभन्दा बढी निर्यात वीरगन्ज र विराटनगर भन्सार कार्यालयबाट भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट १९ अर्ब २५ करोड ९९ लाख रुपैयाँ वस्तु निर्यात भएको छ । विराटनगरबाट १५ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ, त्रिभुवन विमानस्थलबाट १५ अर्ब २३ करोड ७१ लाख, मेचीबाट ११ अर्ब ४७ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।
Advertisement 2
विभागका अनुसार भैरहवा, ड्राइपोर्ट, रसुवा, कृष्णनगर, नेपालगन्ज, सर्लाही, कैलाली, जलेश्वर, पशुपतिनगर, कञ्चनपुर, गौर, भद्रपुर र सिरहा भन्सार कार्यालयबाट पनि निर्यात हुने गरेको छ । सबैभन्दा बढी आयात हुने भन्सार कार्यालयमा वीरगन्ज, भैरहवा, ड्राइपोर्ट, विराटनगर, त्रिभुवन विमास्थल, रसुवा र नेपालगन्ज रहेका छन् ।
वीरगन्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब २६ करोड ५६ लाख रुपैयाँको वस्तु आयात भएको छ । भैरहवाबाट १ खर्ब ३ अर्ब १९ करोड ९५ लाख, ड्राइपोर्टबाट ८६ अर्ब ९५ करोड ३६ लाख, विराटनगर ६९ अर्ब ७४ करोड ५१ लाख रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।









प्रतिक्रिया