नेपालगञ्ज : नेपालको सांगीतिक दुनियाँमा निरन्तर नयाँ सिर्जनाहरू आइरहेका छन्, जसले श्रोता तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। यसै क्रममा DP Digital ले चर्चित गायक प्रमोद डीजी को आवाजमा “मेरी रुप्स्या पातली सुवा” नामक नयाँ डेउडा फ्युजन गीत सार्वजनिक गरेको छ।
Advertisement 1
यस गीतका शब्द मधव राज खरेल द्वारा लेखिएको हो भने, संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाईं ले गरेका छन्। गीतलाई अझ सशक्त बनाउन मनोज परियार द्वारा मास्टरिङ गरिएको छ।
Advertisement 2
गीतको भिडियो पक्षलाई आकर्षक बनाउन अनिल शाही को निर्देशन रहेको छ। भिडियोको छायांकन अमित बीके ले गरेका छन् भने सम्पादन तथा रंग संयोजन राजेश कुमार द्वारा गरिएको छ। भिडियोको पोष्ट-प्रोडक्सन कार्य भिडियो बैंक द्वारा गरिएको हो।
Advertisement 3

गीतमा खिम डीसी, लक्ष्मी सुनार, र आरसी गोर्खाली को उत्कृष्ट अभिनय रहेको छ, जसले गीतलाई थप जीवन्त बनाएको छ।
यस गीतका निर्माता झुपलाल डाँगी हुन् भने, निर्माण टिममा हेमन्त चौधरी, बिक्रान्त आचार्य, र केवल केसी को योगदान रहेको छ।
गीतलाई विभिन्न मिडिया हाउसहरूले प्रवर्द्धन गरिरहेका छन ,यस गीतको निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने व्यक्तित्वहरूलाई विशेष धन्यवाद व्यक्त गरिएको छ
“मेरी रुप्स्या पातली सुवा” ले डेउडा संगीतमा नयाँ स्वाद दिने विश्वास गरिएको छ। प्रमोद डीजीले गाएका यस गीतमा मौलिक डेउडा शैलीलाई आधुनिक संगीतसँग फ्युजन गरी प्रस्तुत गरिएको छ, जसले सबै उमेर समूहका संगीतप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
भिडियो तथा संगीत संयोजनको उत्कृष्ट समायोजनले यो गीत दर्शक र श्रोताको मन जित्ने विश्वास गरिएको छ।










प्रतिक्रिया