Listen LIVE

सन्देश भुसाल, काठमाडौं, जेठ १९ –राजसंस्था पुनःस्थापनाको माग र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको अडानसहित निरन्तर आन्दोलनरत संयुक्त जनआन्दोलन समितिको आजको कार्यक्रम नारायणचोकमा केन्द्रित रह्यो। आन्दोलनकारीहरू नक्सालबाट जुलुस अघि बढाउँदै गर्दा प्रहरीले बल प्रयोग गरेको थियो।

Advertisement 1

 

सामान्य दिनको तुलनामा उल्लेख्य मात्रामा खटिएको सुरक्षाकर्मीहरू आज केही आक्रामक देखिएका थिए। आन्दोलनमा सहभागीहरू जतैतिर उन्मुख भए पनि प्रहरीले सो क्षेत्रलाई ‘निषेधित क्षेत्र’ घोषणा गर्दै बाटो छेकेको थियो। यही कारण आन्दोलनरत पक्ष झनै उत्तेजित देखिन्थे।

Advertisement 2

 

कार्यक्रमको क्रममा पटक-पटक झडपको स्थिति सिर्जना भएको थियो भने विभिन्न स्थानहरूमा लाठी चार्ज समेत गरिएको थियो। प्राप्त समाचार अनुसार, केही आन्दोलनकारी घाइते भएका छन्।

Advertisement 3

 

सबैभन्दा ध्यानाकर्षक दृश्य भने त्यतिबेला देखियो जब निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री कमल थापालाई प्रहरीले रोकेको मात्र होइन, झैं–कुटी गर्दै भ्यानमा चढाएर लगेको थियो। त्यो क्षण धेरैका लागि स्तब्ध बनाउने खालको थियो।

 

राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा भइरहेको आन्दोलनमाथि राज्य पक्षको यस्तो कठोर र निर्मम व्यवहारप्रति आन्दोलनकारीहरूले गम्भीर आपत्ति जनाएका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, सरकारले अब यो विषयलाई अझ कडाइका साथ नियन्त्रण गर्ने संकेत देखिएको छ। तर माग सम्बोधन नभएसम्म आन्दोलन रोकिने सम्भावना देखिदैन।

 

फोटो फिचर

तस्बिर: नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!