Listen LIVE

नेपालगन्ज – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

Advertisement 1

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हाे । क्यानका अनुसार विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्राे हुनेले २५ लाख र चौथो हुने टाेलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

क्यानकाे आयाेजनामा भइरहेकाे एनपीएलकाे पहिलाे संस्करणमा आठ वटा टाेली सहभागी भएकामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स एनपीएलको प्लेअफमा पुगेका छन् ।

Advertisement 2

भोलि इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

भोलि नै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

Advertisement 3

दोस्रो क्वालिफायर खेल पर्सि बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!