घर पोत्न बाटो खन्ने क्रममा ढिस्कोले पुर्दा दुईजनाको मृत्यु

हुम्ला, १६ असोज । हुम्लामा घर पोत्न बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ ।

ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा माटोको ढिस्कोले पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर २६ वर्षीय लालबहादुर शाही घाइते हुनु भएको छ ।

error: Content is protected !!