बाँकेमा अबैध कुखुरा तस्करी गर्दै गर्दा एक जना पक्राउ

सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको जानकी गाउँपालिका–२ बिहानी टोलस्थित प्रहरी चौकी साइगाउँले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका कुखुरासहित एक जनालाई पक्राउ गरेको छ।

 

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार आज बिहान ७:३० बजे भारतबाट अवैध रूपमा तस्करी गरिँदै गरेको ३४ हजार ५ सय रुपैयाँ मूल्य बराबरको बोइलर कुखुरा बरामद गरिएको हो।

 

प्रहरी वरिष्ठ नायब निरीक्षक हरि बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका–५ बनकटुवाका ४० वर्षीय ढोडेप्रसाद थारुलाई पक्राउ गरेको छ। उनले भे.३ प १४७४ नम्बरको मोटरसाइकलमा १५० किलो अवैध बोइलर कुखुरा ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

 

बरामद कुखुरा र पक्राउ परेका थारुलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको एसपी कार्कीले जानकारी दिए।

 

error: Content is protected !!