काठमाडौं : आफै माथि पेट्रोल खन्याएर आत्मदाह गरेकि कमलाकाे सुसाइड नाेट फेला परेको छ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको हाे । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । शनिबार कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी कमलाकाे उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताए।

 

घट्नास्थलमा प्रहरीले उनले लेखेको सुसाइड नोट फेला पारेकाे हाे। घट्नास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा माग्दै नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’ ‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ ‘त्यसैले यो सबै मेरै कारण भएको हो म मरेको खबर श्रीमानलाई गरिदिनुहोला मेराे श्रीमानकाे नम्बर यो हो ।’ भनेर उनले नम्बर सहित लेखेको एसएसपी रजौरेले बताए।

 

कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले केएण्डए स्टेशनरी चलाइरहेका थिए। साेहि स्थान देखि केही पर गएर उनले आफै माथि आगो लगाएकी हुन् । उनी बा.३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकि थिईन। उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।

Leave a Reply

error: Content is protected !!