Listen LIVE

नेपालगञ्ज : चलचित्र ‘एक्टर : टेक वान’ को विषयमा उत्पन्न विवाद अन्ततः समाधान भएको छ। बिहीबार दुई पक्षबीच सहमति भएसँगै चलचित्र प्रदर्शनको बाटो खुलेको हो।

Advertisement 1

फिल्म ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश

‘एक्टर : टेक वान’ विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको दाबी गर्दै ‘एक्टर’ फिल्मका निर्माताले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। सोही आधारमा अदालतले मंगलबार अल्पकालीन आदेश जारी गर्दै फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको थियो।

Advertisement 2

तर, बिहीबार ‘एक्टर’ का निर्माता तथा ‘एक्टर : टेक वान’ का निर्माण पक्षबीच लामो छलफलपछि सहमति जुटेको छ। सहमतिअनुसार ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिने निर्णय गरेका छन्।

Advertisement 3

 

‘एक्टर : टेक वान’का निर्माता थमन भण्डारीले विवाद समाधान भएसँगै फिल्मलाई रिलिज गर्ने बाटो खुलेको जानकारी दिए। ‘अब कुनै कानुनी अड्चन छैन, हामी फिल्म निर्धारित मितिमै प्रदर्शन गर्दैछौं,’ उनले भने।

 

निर्माताहरूबीच सहमति जुटेपछि निर्माण कम्पनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शन खुला भएको पुष्टि गरेका छन्। ‘एक्टर : टेक वान’ भोली (शुक्रबार) देखि रिलिज हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!