Listen LIVE

बाँके : कृषि ज्ञान केन्द्र बाँकेले हालै जारी गरेको प्रतिवेदन अनुसार यस वर्ष मुलुकमा धान रोपाइँ ४.२४ प्रतिशतले बढेको छ ।  कुल ३४ हजार ५ सय २ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । उत्पादन १ लाख ५१ हजार ८०८.८० मे. टन ४.२० प्रतिसत भएको कृषि विभागका कार्यलय प्रमुख विनोद धिमिरेले बताए।

Advertisement 1

 

Advertisement 2

गत बर्ष ४.२० प्रतिसत ३४ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो भने १ लाख ४५ हजार ६३५ मे. टन उत्पादन भयको थियो।

Advertisement 3

कृषि ज्ञान केन्द्र बाँकेले हालै जारी गरेको प्रतिवेदन

नेपालमा उन्नत जातको बीउ, समयमा रासायनिक मल, पर्याप्त सिँचाइको व्यवस्था भए धान उत्पादन अझै १५ देखि २५ प्रतिशत बढ्ने धान विज्ञ बताउँछन। स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु आयात गर्नु स्वाभाविक भए पनि यहाँ उत्पादन गर्न सकिने कृषिजन्य वस्तु आयात हुँदै आएको छ। कृषिमा यान्त्रिकीकरण, व्यावसायीकरण नहुँदा आयात बढिरहेको कृषि विज्ञहरू बताउँछन्।

कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार मुुलुकमा झन्डै २३ सय प्रकारका धानका स्थानीय जात छन्। नेपालमा करिब ३० किसिमका धानका उन्नत बीउ विकास गरिएको छ। कतिपय जातका बीउ भने किसानले रोप्न छाडेपछि लोप पनि भएका छन्। नेपालमा बासमती सहित राधा–१४, राधा–१३, हर्दिनाथ, मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छ«ेलगायत धानका जात धेरै प्रयोगमा छन्। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहाँ  तयार गरिन्छ। ४७ वर्ष पुराना धान पनि यहाँ रोप्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!