Listen LIVE

सन्देश भुसाल,बाँके : खजुरा गाउँपालिकाको १७औं गाउँसभामा खजुरा गाउँपालिकाको का लागि कुल ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत गर्दै चालु र पूँजीगत खर्चको सन्तुलन, विकास प्राथमिकता र स्रोत परिचालनका विषयमा प्रकाश पारिन्।

Advertisement 1

 

बजेट अनुसार चालु खर्चतर्फ ६८ करोड १२ लाख ५९ हजार ३७१ रुपैयाँ र पूँजीगत खर्चतर्फ २७ करोड ५९ लाख ७२ हजार १९० रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमध्ये विकास खर्चका लागि ३८ करोड १६ लाख ३१ हजार ५७१ रुपैयाँ छुट्याइएको छ, जसले खजुराको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रको सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement 2

 

गत आर्थिक वर्ष २०८१/८२ को समीक्षात्मक विवरण प्रस्तुत गर्दै उपाध्यक्ष मल्लले आन्तरिक राजस्व संकलन लक्ष्य अनुसार नभएको जनाइन्। उनका अनुसार सो वर्ष तीन करोड आन्तरिक राजस्वको अनुमान गरिएको भए तापनि केवल १ करोड ८१ लाख रुपैयाँ मात्र संकलन भएको हो।

Advertisement 3

 

उक्त वर्ष गाउँपालिकाले कुल ७८ करोड ९२ हजार ७५५ रुपैयाँ विनियोजन गरेकोमा ६७ करोड ५२ हजार १९५ रुपैयाँ प्राप्त भइसकेको जानकारी दिइन्। यो कुल अनुमानको ८५.८९ प्रतिशत हो। साथै, बजेटको करिब ९० प्रतिशत खर्च हुने संशोधित अनुमानमा गाउँपालिकाको ध्यान केन्द्रित रहेको बताइएको छ।

 

उपाध्यक्ष मल्लले स्रोतसाधनको समुचित परिचालनमार्फत खर्चलाई उपलब्धिमूलक र नतिजामूलक बनाउन गाउँपालिकाले कडा मेहनत गरिरहेको बताइन्। उनले समावेशी, उच्च, दिगो र फराकिलो आर्थिक विकासको लक्ष्यसहित बजेट कार्यान्वयन गरिने स्पष्ट पारिन्।

 

खजुरा गाउँपालिकाको बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ। बजेट प्रस्तुतिसँगै गाउँसभा अन्तर्गत आगामी योजना, कार्यक्रम र प्राथमिकताहरू तय गर्ने प्रक्रिया अघि बढाइएको छ।

खजुरा गाउँपालिकाको खजुरा गाउँपालिकाको बजेट pdv

बजेट-२०८२-८३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!