नेपाल प्रिमियर लिगमा जनकपुरकाे विजयी सुरुवात, विराटनगर ८ विकेटले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ।

 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५।३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। १२८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरका लागि तेस्रो क्रमका ब्याटर लाहिरु मिलान्थाले ११६रनको शतकीय साझेदारी गरे।

 

मिलान्थाले ७५ रन रउनको साथ हर्ष थाकरले २९ रन बनाए । लाहिरुले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका हुन्। थाकरले भने ३३ बलमा २ चौकासहित २९ रन बनाएका हुन्।

error: Content is protected !!