नेपालगन्ज । नेपालगन्जमा प्रहरीले ४ राउण्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Advertisement 1
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१४ मा ४ राउण्ड हवाई फायर गरी भारतको बहराइचस्थित रुपैडियाको चकिया रोड निवासी २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो।
Advertisement 2
प्रहरीका अनुसार राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद भएको छ। साथै, उनको साथबाट एउटा मोबाइल फोन र भारतीय नम्बर प्लेट यूपी ४० जे ०६५७ भएको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
Advertisement 3
पक्राउ परेका राईलाई बरामद लागुऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा गरिएको हवाई फायरबाट कुनै पनि व्यक्ति घाइते भएका छैनन्।









