Listen LIVE

काठमाडौं : सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तलाखुका ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । साइबर ब्युरोको टोलीले उनलाई बुधबार काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

Advertisement 1

 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पीडित युवतीले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा केसीले युवतीलाई पहिले प्रेम प्रस्ताव राखी सम्बन्ध बनाउने र त्यसपछि भिडिओ कलमार्फत गोप्य अङ्ग देखाउन बाध्य पार्ने गरेको देखिएको अवस्थीले जानकारी दिए

Advertisement 2

 

युवतीले गोप्य अङ्ग भिडिओमा देखाएपछि केसीले त्यसको स्क्रिनशट र स्क्रिनरेकर्ड गर्थे । पछि युवतीलाई केसी विवाहित रहेको कुरा थाहा भएपछि सम्बन्ध बिग्रियो । त्यसपछि केसीले ती भिडिओ र फोटो युवतीका आफन्तलाई पठाउने धम्की दिन थालेका थिए ।

Advertisement 3

 

प्रहरीका अनुसार केसीले दुई पटकसम्म रकम असुल गरिसकेका थिए । तेस्रो पटक रकम माग्दा युवतीले अस्वीकार गरेपछि उनले अश्लील भिडिओ तथा फोटो युवतीका आफन्तलाई पठाइदिएका थिए ।

 

साइबर ब्युरोले गरेको प्राविधिक विश्लेषणबाट केसीको संलग्नता पुष्टि भएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!